अब घर र गाडी कर्जामा ब्याजदर परिवर्तन नहुने

३ बर्ष अगाडि

घर, गाडीलगायत आवधिक प्रकृतिका कर्जामा बैंक तथा वित्तीय संस्थाले पटकपटक ब्याजदर बढाए भनेर चिन्तित हुनु नपर्ने भएको छ । 

भुक्तानी अवधि एक वर्षभन्दा बढी भएका व्यक्तिगत आवधिक कर्जामा बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर लागू गर्नुपर्नेछ । 

यस्ता कर्जामा सुरुमा कर्जा लिँदा तय भएको ब्याजदरमा परिवर्तन गर्न पाइने छैन । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सुरुमा सस्तो दरमा कर्जा प्रवाह गर्ने तर केही महिनाभित्र ब्याजदर बढाएर महँगो बनाउने प्रवृत्ति बढिरहेको बेला राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको छ, सोही दर नै कर्जा परिपक्व हुने अवधिभर लागू हुनेछ ।कान्तिपुर दैनिकमा खबर छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया