वाईफाईको स्पीड बढाउने यस्ता छन् सजिला उपाय

३ बर्ष अगाडि

वाईफाई एक प्रकारको चुम्बकीय तरंग हो जसले एउटा निश्चित दुरीसम्म इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्छ ।

तर केही यस्ता कारणहरु छन् जसले यसको तरंग (सिग्नल) कमजोर हुन्छ र इन्टरनेट एकदमै ढिलो चल्दछ ।

तर शक्तिशाली वाईफाई सिग्नलले तपाईलाई तीव्र गतिमा इन्टरनेट उपलब्ध गराउँछ र यसको काम पनि तीव्र हुन्छ । यसकारण वाईफाईको सिग्नललाई बलियो बनाउन आवश्यक हुन्छ ।

यहाँ वाईफाई सिग्नल शक्तिशाली बनाउने केही टिप्सको बारेमा छलफल गरिनेछ जसले तपाईको घर र कार्यालयमा तीव्र गतिको इन्टरनेट चलाउन सक्नुहुनेछ ।

सामान्यतः सबै राउटरमा बाहिरी भागमा एन्टिना लगाइएको हुन्छ जसलाई मिलाएर पनि सिग्नल सुधार्न सकिन्छ । कहिलेकाँही एन्टिना खुकुलो भएर तलतिर निहुरेको हुन्छ, यसलाई ठाडो बनाउँदा सिग्नल राम्रो आउन सक्छ ।

कुनै राउटरहरु दुई एन्टिना भएका पनि हुन्छन् । यस्ता राउटरको यदि दुवै एन्टिना फरक फरक दिशामा भयो भने सिग्नल राम्रो नहुन सक्छ । यसकारण दुईवटा एन्टेना भएका राउटरको दुवै एन्टेना एउटै दिशामा बनाउनुपर्छ ।

यदि तपाईंको राउटरबाट रामे सिग्नल आइरहेको छ भने राउटर नचलाउनुहोस् । राउटरलाई बढीभन्दा बढी उचाइमा राख्दा इन्टरनेटको स्पीड बढी हुन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया