जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

भदौ २४, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन । 

आज मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र  विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई  मन्त्री भट्टराईले सो सो निर्देशन दिएका हुन । उनले भने आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन । 

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष,संचयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका हुन । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए  । उनले एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरेका हुन । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे । 

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न  कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन दिए ।   

खर्चकटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरे । मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी,क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए  ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८