नयाँ श्रम स्वीकृति लिनेको भीड बढ्न थाल्यो

३ बर्ष अगाडि

उपत्यकामा निषेधाज्ञा खुकुलो हुनेबित्तिकै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको छ । गोरखापत्रमा खबर छ ।

मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो साता खुलाउने निर्णय गरेको थियो । यद्यपि बिहीबारबाट उपत्यकामा जनजीवन खुुकुलो भएसँगै नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको हो ।
भीड बढे पनि श्रम कार्यालयले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गरेर सेवा दिइरहेको जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम स्वीकृति दिने निर्णय गरेको दिनदेखि लागू भए पनि निषेधाज्ञा खुकुलो भएपछि सेवा लिनेको चाप बढेको जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया