निर्देशक साजिद खानमाथि लाग्यो यौन शोषणको आरोप

भदौ २६, २०७७ | आजको अर्थ
ajaako_artha

दुई वर्ष अगाडि मिटू मुभमेन्टको बहसले बलिउड तातेको थियो र यसमा कयौं बलिउड कलाकारको नाम मुछिएको थियो । यसैक्रममा निर्माता तथा निर्देशक साजिद खानमाथि एक मोडल तथा अभिनेत्रीले यौन शोषणको आरोप लगाएकी थिइन् । त्यसबेला उनी ‘हाउसफुल ४’ को निर्देशन गरिरहेका थिए । यो आरोप लागेपछि उनले फिल्म निर्देशनबाट हात झिक्नु परेको थियो ।
 
अब पाउला नामकी एक मोडलले साजिदमाथि यौन शोषणको आरोप लगाएकी छन् । उनले इन्स्टाग्राममार्फत् यो कुराको खुलासा गरेकी हुन् । बलिउडमा मिटू मुभमेन्ट चलेको समयमा आफूलाई बोल्ने हिम्मत नभएको उल्लेख गर्दै उनले इन्स्टामा लेखेकी छन्, ‘जब बलिउडमा मिटु मुभमेन्ट सुरु भएको थियो, त्यसबेला धेरैले साजिद खानको नाम लिएका थिए तर मैले हिम्मत गर्न सकिनँ ।’ 
 
उनले अगाडि लेखेकी छन्, ‘सबैसँग फिल्म इन्डस्ट्रीमा गडफादर हुँदैन र परिवारका लागि कमाउनु पर्ने हुन्छ । यसैले कतिपय अवस्थामा चुप बस्नु पर्ने हुन्छ । अब मेरो परिवार मेरो साथमा छैनन्, म आफूलाई मात्र कमाइरहेकी छु र अब म हिम्मत गर्न सक्छु कि साजिद खानले मलाई १७ वर्षको उमेरमा ह्यारेसमेन्ट गरेका थिए । उनले मलाई नराम्रो शब्द बोल्दै छुन खोजेका थिए ।’
 
साजिले आफूलाई फिल्म ‘हाउसफुल’ मा एक रोल दिनका लागि कपडा फुकाल्न भनेको उनको आरोप छ । ‘भगवान नै जान्दछन् कि उनले कति युवतीसँग यस्ता हर्कत गरे । म कुनै प्रकारको दया भावनाका लागि अगाडि आएको होइन, यो यसकारण गरेको हुँ कि मलाई यसले नराम्रोसँग असर पार्‍यो । म त्यसबेला सानै थिएँ र बोल्न सकिनँ । तर, यो सही समय हो,’ पाउलाले लेखेकी छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८