जया बच्चनलाई रवि किशनको जवाफ :  ‘जुन थालमा विष छ, त्यसमा प्वाल पार्नै पर्छ’

३ बर्ष अगाडि

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि लामो समय बलिउडमा नेपोटिज्मको बहस चर्कियो । जब रिया चक्रवर्तीले सुशान्तले ड्रिग्स प्रयोग गर्ने गरेको खुलासा गरिन्, त्यसपछि बलिउडको अध्यारो पाटो बाहिर आएको छ । यो विषय यतिबेला राजनीतिक मुद्धा बनेको छ । अभिनेता रवि किशनले संसद्मा बलिउडमा ड्रग्स अन्त्य गर्ने बताएपछि जया बच्चनले आक्रोश व्यक्त गरिन् । 
 
रवि किशनप्रति लक्षित गर्दै राज्यसभा सांसद समेत रहेकी अभिनेत्री जया बच्चनले भनेकी थिइन्, ‘केही मानिसहरुका कारण सिंगो बलिउड इन्डस्ट्रीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’
 
रवि किशनले पनि जया बच्चनलाई जवाफ दिँदै ट्विटरमा लेखेका छन्, ‘जुन थालमा विष छ, त्यसमा प्वाल पार्नै पर्छ । कलाकार र राजनीतिज्ञले त यसमा सहयोग गर्नुपर्छ । जयाजीको जमानामा केमिकल विष थिएन । हाम्रो सुन्दर इन्डस्ट्रीका महान पिढी त्यसको चपेटामा आएका छन् । हामीले उनीहरुलाई बचाउनुपर्छ ।’ आफूले आम मानिसको पक्षमा आवाज उठाएको उनको भनाई छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया