जया बच्चनलाई कंगनाको प्रश्न :  ‘कुन थाल दिएको छ जयाजी र उनको इन्डष्ट्रिले ?’

३ बर्ष अगाडि

बलिउड अभिनेत्री कंगना रनावत र अभिनेत्री तथा सपा सांसद जया बच्चनबीच वाकयुद्धले उग्ररुप लिएको छ । जयाले राज्यसभामा केहि दिन अगाडी कंगनालाई लक्षित गर्दै जुन थालमा खायो त्यहि थालमा प्वाल पारेको अभिव्यत्तली दिएकी थिइन । उनको जवाफमा कंगना रनावतले बुधबार यसको कडा जवाफ दिएकी थिइन ।

अहिले बलिउडमा भएका साना तिना घटना बाहिर आउन सकेका छैनन् । सामाजिक सञ्जालमार्फत अहिले कंगना र जयाको युद्ध चलिरहेको छ । जयाले दिएको थालको कुरालाई लिएर कंगनाले ठूलाको इज्जत गर्न भनेकी थिइन । कंगनाले भने, ‘कुन थाल दिएको छ जयाजी र उनको इन्डष्ट्रिले ?’

कडारुपमा प्रस्तुत हुदै आएकी कंगनाले ट्वीट गरिन्, ‘जयाजी र उनकी इन्डष्ट्रिले कस्तो थाली दिएको छ रु एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम नम्बर्स र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’

 

३ बर्ष अगाडि

प्रतिक्रिया