कंगनाको चेतावनी : 'शिर काट्न सक्छु तर शिर झुक्न दिन्नँ'

असोज १, २०७७ | आजको अर्थ
ajaako_artha

बलिउड अभिनेत्री कंगना रनावत जबदेखि सोसल मिडियाको सदस्य भइन्, तबदेखि हरेक विषयमा आफ्नो भनाई राख्दै आएकी छन् । एकातिर उनले महाराष्ट्र सरकारलाई चुनौती दिएकी छन् भने अर्कोतिर जया बच्चनको बयानलाई लिएर दिएको प्रतिक्रियाले बलिउड तरंगित बनेको छ । उनले ठाडै जयालाई ‘तपाईको छोराले आत्महत्या गरेको भए के गर्नुहुन्थ्यो’ भनेर प्रश्न गरेकी छन् । 
 
कंगना र महाराष्ट्र सरकारबीचको विवादले उग्र रुप लिइरहेको छ । दुवै पछाडि हट्न तयार देखिएका छैनन् । यसबीच, कंगना रनावतले फेरि ट्विटरमार्फत् चेतावनी दिँदै लेखेकी छन्, ‘म एक क्षत्राणी हुँ । शिर काट्न सक्छु तर शिर झुक्न दिन्नँ । राष्ट्रको सम्मानका लागि सधैं आवाज बुलन्द गरिरहन्छु । मान, सम्मान, स्वाभिमानका साथ बाँचेको छु र गर्वपूर्वक राष्ट्रवादी बनेर बाँच्नेछु ।’
 
उनले ट्विटरमा आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको र नगर्ने पनि उल्लेख गरेकी छन् । उनको यो ट्विटलाई निकै रि ट्विट र लाइक्स मिलेको छ । कंगना रनावतको शिवसेनासँग अभिनेता सुशान्त सिंह रापजूतको आत्महत्या प्रकरणबाट चर्काचर्की सुृरु भएको हो । केही दिन अगाडि उनले ४८ करोड भारतीय रुपैयाँमा खरिद गरेको अफिसमा विएमसीले डोजर चलाएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८