फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन रोकिएपछि उनी फुर्सदिलो भइन् । लकडाउनको समय घरभित्रै विताएकी उनले ‘रणवीर’ पछि ‘छ माया छपक्कै’ मा अभिनय गरेकी थिइन् । यो फिल्ममा उनको काम रुचाइएको थियो ।
लकडाउनअघि एक फिल्म साइन गरेर बसेकी उनले अहिलेका चल्तीका अभिनेता अनमोल केसीसँग समेत काम गरिसकेकी छन् । फिल्ममा भने होइन । एक कम्पनीको विज्ञापनमा उनले अनमोलसँग स्क्रिन शेयर गरेकी छन् । यसबीच, उनले अभिनेता पल शाहसँग पनि अनस्क्रिन रोमान्स गरेकी छन् । ‘हिँड्दा हिँड्दै’ बोलको म्यूजिक भिडियोमा उनीहरुको जोडी बाँधिएको छ ।
सुप्रिया शर्माको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द छ भने अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोलाई ‘फाटेको जुत्ता र चपली हाइट ३’ फिल्मका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । गीतमा सुपुष्पाको पलप्रति प्रेम आशक्ति व्यक्त गरिएको छ । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । दर्शकले पनि यो जोडीलाई मन पराएका छन् ।
नेपाली फिल्मका स्थापित अभिनेतासँग पहिलो पटक म्यूजिक भिडियोमा काम गर्न पाएकोमा सुपुष्पाले खुसी व्यक्त गरेकी छन् । फिल्ममा पनि पलसँग स्क्रिन शेयर गर्ने उनको इच्छा छ । भिडियोमा काम गर्दा निकै रमाइलो भएको र दर्शकले जोडी मन पराएकोमा उनी खुसी छिन् । के सुपुष्पाको पलसँग फिल्ममा काम गर्ने इच्छा पूरा होला त रु यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
प्रतिक्रिया