आफ्नै बायोपिक निर्देशन गर्दै म्याडोना

३ बर्ष अगाडि

अमेरिका ,गायिका म्याडोनाले आफ्नो जिन्दगी र करिअरमाथि बन्न लागेको फिल्मको निर्देशन गर्ने भएकी छन् । यो फिल्मको प्रमोसन उनले अहिले सामाजिक सञ्जालमा गरिरहेकी छन् । फिल्मको लेखन डियाब्लो कोडीले गरेका छन् । उनी अस्कार अवार्डबाट सम्मानित लेखक हुन् । म्याडोनाका लागि निर्देशन क्षेत्र नयाँ होइन । उनले यसअघि ‘डब्ल्यू ई’ फिल्मको निर्देशन गरिसकेकी छन् । 
 
केही दिन अगाडि युनिभर्सल पिक्चर्सले म्याडोनाको निर्देशनमा फिल्म घोषणा गरेको थियो । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । फिल्ममा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि ‘ग्लोबल स्टारडम’ सम्मको यात्रा समेटिने बताइएको छ । फिल्म मूलतः संगीतमा आधारित भएर निर्माण हुनेछ । आफ्नो जीवनमा धेरै नभनिएका र उत्प्रेरणा दिने कथा रहेको म्याडोनाले बताएकी छन् । 
 
उनलाई आफ्नो पिढीको सबैभन्दा प्रभावशाली गायिकामध्ये एक मान्ने गरिन्छ । उनको करिअर पाँच दशक लामो छ । सोलो टूरिङका कारण उनी दुनियाँमा सबैभन्दा धेरै कमाई गर्ने गायिकामध्ये एक हुन् ।  सन् १९८४ मा उनको म्यूजिक एल्बम ‘लाइक ए भर्जिन’ ले धूम मच्चाएको थियो । आलिसान जिन्दगी बाँच्ने उनले दुई विवाह गरेकी छन् । तर, दुवै विवाह लामो समय टिक्न सकेन ।

३ बर्ष अगाडि

प्रतिक्रिया