११३ जना प्राविधिकलाई राजेश हमालको आर्थिक सहयोग

असोज ३, २०७७ | आजको अर्थ
ajaako_artha

नेपाल चलचित्र प्राविधिक संघबाट ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण रोजीरोटी गुमेर दैनिक जीवनयापन गर्न समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले १ सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
 
अभिनेता राजेश हमालले विभिन्न व्यक्तिसँगको सहयोगमा प्राविधिकलाई आर्थिक सहयोग गरेका हुन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले १ सय १३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।
 
कोरोनाका कारण सिर्जना भएको असामान्य परिस्थितिमा प्राविधिकहरुलाई ठूलो प्रभाव परेको अभिनेता हमालको भनाई छ । प्राविधिकलाई नेपाली फिल्मको मेरुदण्डको रुपमा ब्याख्या गर्दै उनले भने( ‘उहाँहरु पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’
 
उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् । यो सहयोग ठूलो नभए पनि केही दिन जीवन चलाउन सहज हुने उनको विश्वास छ । यो आफ्नो सानो प्रयास रहेको र कोरोनाले सिर्जना गरेको स्थिति सामान्य नभएको अवस्थामा प्राविधिकहरुलाई अरु पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८