पर्यटनमा ६० अर्ब बराबरको क्षति

३ बर्ष अगाडि

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार  भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन । रोट¥याक्ट क्लव अफ पोखरा फिस्टेल, रोट¥याक्ट क्लव अफ रुपन्देही र रोट¥याक्ट क्लव अफ तिनउ बुटवलको आयोजना र रोट¥याक्ट क्लव अफ दमौलीको सहकार्यमा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिको परिश्रमबाट देश समृद्धिको यात्रामा जाने उल्लेख गरे  ।

उनले भने, “देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो । युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ ।”

कोभिड–१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार पर्यटन क्षेत्रमा  १५ खर्बको लगानी रहेको र कोरोनाका कारण धारासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने बताए ।

जनस्वास्थ्य विज्ञ डा। अरुणा उप्रेतीले कोभिड–१९ र यसका विरुद्धमा सहजीकरण गरेका थिए  । सो क्रममा उनले भान्छामा पाक्ने खानाले नै हरेक रोगसँग लड्न सक्ने क्षमता विकास गर्ने जानकारी दिए । “दाल, भात, तरकारीले नै रोगसँग लड्ने क्षमता बढाउँछ, चाउमिन, मःम लगायत पत्रु खाना हुन्,” उनले भने । त्यस्तै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक कमलनयन गौतमले युवा र समाजसेवाका बारेमा सहजीकरण गरेका थिए  । 

३ बर्ष अगाडि

प्रतिक्रिया