प्रियंकालाई ओस्कार अवार्ड पाउने विश्वास

३ बर्ष अगाडि

बलिउडबाट हलिउडसम्मको यात्रा तय गरेकी अभिनेत्री प्रियंका चोपडा हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिन्छिन् । उनको भारतसँगै विश्वभर फ्यान फलोइंग जबरजस्त छ । उनको अभिनयको हमेशा प्रशंसा हुने गरेको छ । उनी पछिल्लो पटक बलिउड फिल्म ‘स्काइ इज पिंक’ मा देखिएकी थिइन् । तर, फिल्मले बक्सअफिसमा सफलता हासिल गर्न सकेन ।
 
अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनी एकपटक फेरि चर्चामा आएकी छन् । उनले यस वर्ष ओस्कार अवार्डमा ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ का लागि आफू शीर्ष दावेदारमध्ये एक रहेको बताएकी छन् । प्रियंकाले आफ्नो नयाँ नेटफ्लिक्स फिल्म ‘द व्हाइट टाइगर’ का लागि ओस्कार अवार्ड पाउने विश्वास व्यक्त गरेकी छन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।
 
रमिन बहरानीले निर्देशन गरेको फिल्म लेखक अरविन्द अडिगाको जीवनीमा लेखिएको उपन्यासलाई रुपान्तरण गरेर निर्माण गरिएको हो । फिल्ममा आफूले निर्वाह गरेको भूमिका अहिलेसम्मकै भिन्न रहेको प्रियंकाको दाबी छ । फिल्ममा अभिनेता राजकुमार रावको पनि अभिनय छ । यो फिल्म नेटफ्लिक्समा रिलिज हुनेछ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया