‘गाउँमै मनाऔँ दशैंँितहार’ गीति भिडिओ सार्वजनिक

बुधबार, २१ असोज २०७७, १३ : १०

लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैंँतिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए  । “मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो”, उनले भने। 

रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ ।  गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

बुधबार, २१ असोज २०७७, १३ : १०

प्रतिक्रिया