बलिउडकी एकदम चर्चित गायिका र इंडियन आइडलकी जर्ज नेहा कक्कर आजभोलि उनको विवाहको खबले गर्दा फेरी पनि निकै चर्चामा आएकी छन । जानकारीका अनुसार यही अक्टुबर २४ मा ‘राइजिङ स्टार–२’ का फस्र्ट रनर–अप रोहनप्रीत सिंहसंग लगनगाँठो कस्दै छिन ।
तर पनि यसविषयमा नेहा कक्कर र रोहनप्रीतको तर्फबाट कुनै कुरा बाहिर आएको छैन । यसैबिच नेहा र रोहनप्रीतको एक तस्विर शोसल मिडियामा भाइरल भएको छ । यो सुन्नमा आएको छ की यो तस्विर रोका सेरेमनाीको हो ।
भाइरल भएको यस तस्विरमा नेहा काउचमा बसिरहेकी छन र उनको हात गिफट पनि छ । रोहनप्रीतका अभिभावक पनि उनीहरुको साथमा छन । तस्बिरमा रोहनप्रीत र नेहाले एकअर्काको हात समाइरहेको देख्न सकिन्छ । टाइम्स अफ इंडियाको रिपोर्ट अनुसार यो तस्विर अघिल्लो महिनाको हो । नेहा र रोहनप्रीत यो महिनाको अन्त्यसम्म विवाहबन्धनमा बाधिने कुरा छ ।
प्रतिक्रिया