फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरी एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएकी छिन् । उनलाई एक वर्षका लागि शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अब उनले यो संस्थाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछिन् ।
सिड्नीमा मुख्य कार्यालय रहेको यस संस्थाका काठमाडौंलगायतका शहरहरूमा शाखा छन् । ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएपछि उपासनाले शिक्षा क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ का लागि कति पारिश्रमिक बुझेकी छन् त्यो भने खुलाइएको छैन ।
‘उपासना सिंह ठकुरी जस्तो प्रतिभाशाली अभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ बनाउन पाएकोमा हामी गौरवान्वित छौँ,’ उपासनासँग कागजी सम्झौता भएपछि संस्थाका कार्यकारी प्रमुख सुनिल उप्रेतीले भने । उनले भोलीका दिनमा नेपाली फिल्म र गीत(संगीतको क्षेत्रमा पनि एजुकेशन एण्ड माइग्रेसन कर्नरले आबद्दता बढाउँदै लैजाने बताएका छन् ।
प्रतिक्रिया