टिभी च्यानल र समाचार प्रस्तोताविरुद्ध मुद्दा हाल्दा कंगना आक्रोशित

मंगलबार, २७ असोज २०७७, २१ : ५७

बलिउडका निर्माता कम्पनीले  दुई टिभी च्यानल तिनका चार समाचार प्रस्तोताविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनीहरुले मिडियामाथी मुद्धा दर्ता गराएपछि अभिनेत्री कंगना रनौत आक्रोशित बनेकी छिन् । 

कुल ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले रिपब्लिक टिभी, अर्णव गोस्वामी, रिपब्लिक टिभीकै प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशंकर र नविका कुमारको विरुद्ध दिल्ली उच्च अदालतमा उक्त मुद्धा दर्ता गरेका गरेका थिए ।

'बलीवुडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ। सम्पूर्ण बलीवुडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलीवुडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलीवुडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ,' मुद्दामा भनिएको छ।

उनीहरुले सञ्चारमाध्यममाथी लगाएको मुद्धाको बिरोध स्वरुप अभिनेत्री कंगना रनौत ट्वीटमार्फत् आक्रोश पोखेकी छिन् । उनले लेखेकी छन्,’बलिउड ड्रग्स, शोषण, नेपोटिजम र संघर्षसहितको नाली हो ।’ भनेकी छन् । उनले थप भनेकी छन् ,’मविरुद्ध पनि मुद्दा हाल्नुस् । तर, जबसम्म म जिउँदो रहन्छु तबसम्म तिमीहरूको असली अनुहार सार्वजनिक गरेरै छाड्छु ।’

उनको आक्रोश यतिमा सिमित रहन सकेन । थप उनले आक्रोशित रुपमा नै भनेकी लेख्छिन्,’ठूला स्टारहरू केवल महिलालाई अब्जेक्टिफाइ मात्र गर्दैनन्। जवान युवतीहरूको शोषण समेत गर्छन् । उनीहरू सुशान्त सिंह राजपुतजस्ता युवा स्टारलाई ठाउँ दिँदैनन्। आफै ५० वर्षको उमेरमा पनि स्कूल पढ्ने छात्रको भूमिका निर्वाह गर्न तयार हुन्छन् ।’ त्यस्तै उनले यस्तो मामिलामा ठुलो कलाकारहरुले गलत प्रवृत्तीकोविरुद्ध नबोल्ने गरेको आरोप लगाएकी छिन् । त्यसैले आफु यस्तो गलतबिरुद्ध बोल्न कहिलै पछि नपर्ने उनको भनाई छ ।

मंगलबार, २७ असोज २०७७, २१ : ५७

प्रतिक्रिया