एकैदिनमा कोरोनाबाट २१ जनाको मृत्यु , मृतकको संख्या ७ सय नाघ्यो

३ बर्ष अगाडि

नेपालमा विगत २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाइको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

मुलुकभर सो अवधिभर ४ हजार ३ सय  ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,५२२ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म ८८,०४० सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९।८ प्रतिशत हो।

३ बर्ष अगाडि

प्रतिक्रिया