शनिवारबाट पुनः सुरु भयो ‘ए मेरो हजुर ४’ को छायांकन

कात्तिक २, २०७७ | आजको अर्थ
ajaako_artha

कोरोनाको महामारी फैलिएपछि रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन शनिवारबाट पुनः सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर फिल्मको छायांकन थालिएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु गरेको उनले बताए ।
 
उनका अनुसार, २० जनाको टिमसहित शनिवारदेखि काठमाडौंमा फिल्मको इनडोर छायांकन भइरहेको छ । ‘कलाकारदेखि प्राविधिकसम्मको कोरोना परीक्षण गराएर छायांकनमा निस्किएका हौं । सुटिङ सेटमा सामाजिक दुरी कायम गरिएको छ । सेटमा आउने कास्ट एन्ड क्रियूलाई सेनिटाइज गरेपछि मात्र प्रवेश गर्न दिएका छौं । सेटलाई सुरक्षित बनाएका हौं,’ निर्माता थापाले भने । 
 
दशैंमा केही दिन विश्राम लिएर तिहारसम्म फिल्मको सम्पूर्ण छायांकन पूरा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनभन्दा अगाडि पोखरामा फिल्मको ५० प्रतिशत छायांकन सकिएको थियो । अब फिल्मको सम्पूर्ण छायांकन काठमाडौंभित्रै हुने निर्माता थापाले बताए । उनी फिल्म तयार भएको ६ महिनाभित्र हलमा प्रदर्शन गर्ने योजनामा छन् । अभिनेत्री झरना थापा फिल्मकी निर्देशक हुन् ।
 
सञ्जय लामाले खिचिरहेको फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका छ । निषेधाज्ञामा निर्माण टिमले गायक दुर्गेश थापालाई पनि अनुबन्ध गरेको थियो । फिल्ममा उनको अभिनयसँगै एक गीतमा आवाज रहनेछ । यो फिल्म यही दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण न फिल्म प्रदर्शनमा आउन सक्यो न त छायांकन नै पूरा भयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८