लण्डनमा शाहरुख र काजोलको काँसको मूर्ति राखिने

३ बर्ष अगाडि

फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा लण्डनको लिसेस्टर स्क्वायरमा अभिनेता शाहरुख खान र काजोलको काँसको मूर्ति राखिने भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् यसको जानकारी दिएका हुन् । उनका अनुसार, यो प्रतिमा अर्को वर्ष ९२०२१० अनावरण गरिनेछ । यो यूकेमा बनाइएको पहिलो बलिउड फिल्मको प्रतिमा हुनेछ । 
 
मूर्तिमा फिल्मको एक सिन क्रियट गरिनेछ । २० अक्टोबर १९९५ मा रिलिज भएको यो फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका थिए । यशराज फिल्मस्को वेबसाइटमा उल्लेख भए अनुसार, फिल्मको निर्माण ४ करोडमा भएको थियो भने फिल्मले भारतमा ८९ करोड र ओभरसीजमा १३ करोड ५० लाख कमाएको थियो । फिल्मको कूल कलेक्सन १ सय २ करोडभन्दा बढी थियो ।
 
मुम्बई सेन्ट्रलमा रहेको सिंगल स्क्रिन मराठा मन्दिरमा विगत २५ वर्षदेखि विहान ११ः३० मा ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मात्र देखाइने गरिन्छ । यो फिल्म टिभीमा पनि रिलिज भइरहेको हुन्छ । बलिउडको यो आइकनिक फिल्मलाई शाहरुख खान र काजोलको करिअरको टर्निङ पोइन्ट मान्ने गरिन्छ । यसमा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया