अमेरिकाको बिरोधका कारण विश्व व्यापार संगठनमा छानिएकी महानिर्देशकले नेतृत्व गर्न पाइनन्

३ बर्ष अगाडि

काठमाडौ । विश्व व्यापार संगठन डब्लूटीओको प्रमुखमा पहिलो पटक अश्वेत महिलाले समर्थन पाएकी छन् । 

बुधबार डब्लुटीओको १६४ सदस्यीय समितिबाट नाइजेरियाका पूर्व वित्तमन्त्री न्गोजी ओकोन्जो इविलाले महानिर्देशक पदका लागि समर्थन पाएकी हुन् । 

अमेरिका भने उक्त फरक कित्तामा उभिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यु म्युङ हीलाई डब्लुटीओको प्रमुखको रूपमा नेतृत्व दिनुपर्ने अडान लिएको छ ।

नाइजेरियाकी इविलाले बहुमत सदस्यको समर्थन पाएपनि डब्लुटीओको महानिर्देशक चुन्न चार महिना पूरा गरेर गरिएको छनौट प्रक्रियाले पूर्णता भने पाएन । 

डब्लुटीओले जारी गरेको विज्ञप्तिमा अमेरिकाको व्यापार प्रतिनिधिले डब्लुटीओको नेतृत्व विशेष सिप भएको व्यक्तिले गर्नुपर्ने जनाएको उल्लेख छ । 

डब्ल्यूटीओले सहमतिबाट यसको निर्देशक चयन गर्ने र  सबै १६४ सदस्यहरूले उम्मेद्वारलाई अनुमोदन गर्नु पर्ने आदर्श रहेको छ । तर त्यसमा अमेरिकाको समर्थन रहेन । 

युके गार्जियनले लेखेको छ,   ओकोन्जो इवला जेनेभामा व्यापारिक राजदूतहरूको एक महत्वपूर्ण समूहको समर्थन प्राप्त गरेपछि विश्व महिला व्यापार निगरानी निर्देशक बन्ने पहिलो महिला र पहिलो अफ्रिकी बन्न पुगिन् । 

उक्त पत्रिकाका अनुसार ओकोन्जो इविलालाई अफ्रिका, क्यारिबियन, यूरोपियन युनियन, चीन, जापान र अष्ट्रेलियाका देशहरूले समर्थन गरेको बताइएको छ।

बुधवार डब्ल्यूटीओका प्रवक्ताले ओकोन्जो इवलाको उम्मेद्वारी नोभेम्बर ९ मा हुने राष्ट्रसंघीय निकायको  सामान्य परिषद् बैठकमा राखिनेछ र सदस्यहरूबीच सहमति कायम गर्न वार्ता हुने छ।

डब्लस्टिओको स्थापना भएदेखि यता प्रत्येक महानिर्देशकलाई सहमतिले नियुक्त गरिएको इतिहास छ । तर यसपटक संयुक्त राज्य अमेरिकाले ओकन्जो – इविलालाई समर्थन नगरेमा डब्ल्यूटीओको संबिधानले अन्ततः भोटको व्यवस्था गर्न सक्ने बताइएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया