हलिउड फिल्ममा जासुस बन्दै ऋतिक ?

विहीबार, २० कार्तिक २०७७, १८ : १०

यस वर्षको फेब्रअरीमा अभिनेता ऋतिक रोशनले एक अमेरिकन ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीलाई हायर गरेका थिए । भारतीय मिडियाका अनुसार, यो ट्यालेन्ट एजेन्सीले हलिउडमा उनको प्रचार गर्नेछ । यसबीच, ऋतिकलाई एक हलिउड फिल्मबाट अफर आएको खबर बाहिरिएको छ । उनले चाँडै पहिलो हलिउड फिल्मको छायांकन सुरु गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । 
 
हलिउडको एक्सन थ्रिलर फिल्ममा ऋतिकले एक जासुसको भूमिका निर्वाह गर्ने बताइएको छ । उनले यो फिल्मका लागि आफ्नो अडिसनको भिडियो निर्माण कम्पनीलाई पठाइसकेका छन् । निर्माणको तयारीमा रहेको ‘कृष ४’ को छायांकन पूरा गरेपछि ऋतिक अमेरिका जान सक्नेछन् । यसभन्दा अगाडि उनी फिल्म ‘ब्याङ्ग ब्याङ्ग र वार’ मा जासुसको भूमिकामा देखिसकेका छन् । 
 
फिल्म ‘कहो ना प्यार हे’ बाट अभिनेताको रुपमा डेब्यू गरेका ऋतिक रोशनले ६ वर्षको उमेरदेखि नै अभिनय करिअर सुरुवात गरेका थिए । अहिले उनी आफ्नो अभिनय र नृत्यको दमले बलिउडका ठूला स्टार भएका छन् । ‘जिन्दगी ना मिलेगी दुबारा’ र ‘गुजारिश’ जस्ता फिल्ममा गीत समेत गाएका ऋतिकलाई यसअघि पनि हलिउड फिल्मबाट प्रस्ताव आएको चर्चा चलेको थियो 
 

विहीबार, २० कार्तिक २०७७, १८ : १०

प्रतिक्रिया