‘वेलकम’ निर्माताको घरबाट गाँजा बरामद, श्रीमती पक्राउ

३ बर्ष अगाडि

ड्रग्स मामलामा जारी छानविनमा नारकोट‍िक्स कन्ट्रोल ब्यूरोले ‘वेलकम, फिर हेरा फेरी, आवारा पागल दीवाना’ फिल्मका निर्माता फ‍िरोज नाड‍ियाडवालाको घरबाट ड्रग्स बरामद गरेको छ । यो शिलशिलामा एनसीबीले निर्माता नाड‍ियाडवालाकी पत्नी शबाना सईदलाई मुम्बईस्थित उनको घरमा दुई साक्षीको उपस्थितिमा गिरफ्तार गरेको छ भने फिरोजलाई पनि सोमवार बोलाइएको छ । 
 
नारकोट‍िक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० लामो समयदेखि बलिउडमा ड्रग्स आपूर्तिको र्‍याकेटको जाँचमा जुटेको छ । एनसीबीले फिरोजकी श्रीमती शबाना सईदको साथबाट १० ग्राम गाँजा बरामद गरेको हो । अँधेरीमा केही दिन अगाडि ड्रग्सको कारोबार गर्ने वाहिद अब्दुल कादिर शेखलाई पक्राउ गरेपछि आइतवार फिरोज नाडियाडवालाको घरमा एनसीबीले खोजतलास गरेको थियो ।
 
अहिलेसम्म ड्रग्स मामलामा कयौं बलिउड सेलिब्रेटीको नाम जोडिसकेको छ ।  गएको हप्ता एनसिबीले अभिनेता अर्जुन रामपालकी गर्लफ्रेन्ड ग्याब्रिएला डेमेट्र‍िएड्सका भाई अगिसिलाओस डेमेट्रिएड्सलाई पक्राउ गरेको थियो । यसका अलावा एनसीबीले धर्मा प्रोडक्शनका पूर्व कर्मचारी क्ष‍ित‍िज प्रसादलाई पनि ड्रग्स मुद्धामा पक्राउ गरिसकेको छ भने केहीसँग सोधपुछ भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया