एउटै मञ्चबाट गीत, पुस्तक र लघु चलचित्र सार्वजनिक

३ बर्ष अगाडि

नव वर्ष नेपाल संवत् ११४१ को अवसरमा एउटै मञ्चबाट जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतको म्युजिक भिडियो, फिल्मकर्मी राकेश महर्जनको ‘फिल्म सिद्धान्तया खँ’ पुस्तक र महर्जनकै नयाँ लघु चलचित्र ‘कलरफुल अम्ब्रेला’ सार्वजनिक गरिएको छ ।
    
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यतामा हिजो यहाँ सो गीत, पुस्तक र चलचित्र सार्वजनिक गरिएको हो । कार्यक्रमलाई नेवाः युट्युबले आफ्नो फेसबुक पृष्ठमा प्रत्यक्ष प्रशारण गरेको थियो ।
    
समारोह समितिको आह्वानमा भएको उक्त कार्यक्रममा मुख्य अतिथि महर्जनले नेपाल संवत् राष्ट्रिय संवत्, पहिचानको संवत्, राष्ट्रिय गौरवको संवत् तथा सांंस्कृतिक संवत् भएको बताए। 
    
विमोचित पुस्तकबारे बोल्दै महर्जनले भने, “आफूले सिकेको फिल्मको सिद्धान्तलाई लिएर लेखकले लेख्नुभएको पुस्तक उदाहरणीय छ ।”
    
शुभकामना गीतको विषयमा न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का सचिवालय सदस्य उमेश स्थापितले जानकारी दिएका थिए । 
    
नेवाः युट्युबका प्रमुख सुजीव बज्राचार्यले नववर्ष उत्सव मात्र नभएर निरन्तर आन्दोलन पनि भएको बताउँँदै नव वर्षलाई उत्सवका रुपमा आ–आफ्नो स्थानबाट मनाउन आह्वान गरेका थिए ।
    
पुस्तक नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो ।  शुभकामना गीतमा पवित्र कसाःको स्वर तथा सङ्गीत रहेको छ भने जीवित जल्मीको सङ्गीत संयोजन रहेको छ । म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन योवन शाक्यले गरेका छन ।

राकेश महर्जनद्वारा निर्देशित लघु चलचित्र ‘कलरफुल अम्ब्रेला’ मा विकेश मानन्धर, सम्यक मानन्धर र प्रमिला रंंजितको अभिनय रहेको छ । फिल्मको छायाङ्कन तथा सम्पादन सागर गहतराजले गरेका हुन ।

३ बर्ष अगाडि

प्रतिक्रिया