इमरान खानले छाडे अभिनय !

३ बर्ष अगाडि

बलिउड अभिनेता आमिर खानले अभिनय छाड्ने फैसला लिएका छन् । लामो समयदेखि अभिनयबाट टाढा रहेका उनले अब अभिनय नगर्ने भएका छन् । इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक अन्तर्वार्तामा इमरान खानले अभिनय छाड्ने फैसला लिएको बताएका छन् । 
 
उनले भने ‘मेरो बेस्ट फ्रेन्ड इमरान खान अब कलाकार होइन । उसले अभिनय छाडेको छ । यो उसैले मलाई भनेको हो । ऊ मेरो सबैभन्दा नजिकको साथी हो । म उसलाई विहान चार बजे पनि फोन गर्न सक्छु । हामी एकअर्कालाई १८ वर्षदेखि जान्दछौं ।’ उनका अनुसार, इमरान अहिले फ्यूचर प्लान गरिरहेका छन् । उनले फिल्म निर्देशन गर्न सक्ने अक्षयले संकेत गरेका छन् । 
 
इमरानलाई फिल्मको विषयमा राम्रो ज्ञान भएका कारण आफ्नै फिल्म निर्देशन गर्नसक्ने अक्षयको भनाई छ । इमरानको फिल्मी करिअरको कुरा गर्ने हो भने उनी पछिल्लो पटक फिल्म ‘कट्टी बट्टी’ मा देखिएका थिए । उनले ‘जाने तू जाने ना, किडन्याप, लक, आई हेट लभ स्टोरी’ जस्ता फिल्ममा पनि काम गरेका छन् । उनी अभिनीत फिल्म ‘देली बेली’ दर्शकले निकै रुचाएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया