सिनेमा हलमा सानदार कमाई गरेको यो फिल्मले तीन हप्तादेखि नेपालको यूट्युब ट्रेन्डिङ कब्जा गरेर बसेको छ । घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको फिल्मले यूट्युबमा पनि दर्शकको उल्लेख्य साथ पाएको छ । यूट्युब रिलिजको २० दिनमा एक करोड भ्यूज प्राप्त गर्दै ‘ए मेरो हजुर ३’ सबैभन्दा कम समयमा करोड पटक हेरिने पहिलो नेपाली फिल्म बनेको छ ।
एक करोड भ्यूज प्राप्त गर्दा फिल्मलाई तीन लाखभन्दा बढी लाइक्स मिलेको छ भने वीस हजारभन्दा बढीले फिल्म हेरेर प्रतिक्रिया जनाएका छन् । कमेन्ट बक्स निहाल्ने हो भने प्रायःले अभिनेत्री सुहाना थापाको डाइलग डेलिभरी, अभिनय, सुन्दरता र एक्सप्रेसनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । दर्शकहरुले अनमोलसँग सुहानाको जोडीलाई पनि निकै मन पराएका छन् ।
दुई हप्ता नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बर कब्जा गरेको ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमलगायतको अभिनय रहेको छ । दशैंदेखि ‘ए मेरो हजुर’ सिरिजको चौथौं श्रृंखलाको छायांकन भइरहेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।