फिल्म ‘कहानी तिम्रो मेरो’ मा केकी र  निराजनको जोडी

विहीबार, २५ मंसिर २०७७, १४ : ४२

फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा फिल्म ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका हुन् । फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ ।
 
थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । यसमा अहिलेका चल्तीका कलाकारलाई नै लिने सोचमा निर्माण टिम छ । हाल फिल्मको स्क्रिप्ट र गीत(संगीतमा काम भइरहेको बुझिएको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको फिल्ममा भने पहिलो पटक जोडी बाँधिन लागेको हो । 
 
निर्देशक भण्डारीले २ वर्ष अगाडि केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए । दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा हुबहु उतारिएका कारण फिल्म विवादमा तानिएको थियो । नयाँ फिल्ममा भने उनी पुरानो गल्ती दोहोर्‍याउने पक्षमा छैनन् । आफूमाथि लागेको चोरीको दाग मेटाउन उनले स्क्रिप्टमा मेहनत गरिरहेका छन् । 
 
निराजनको कुरा गर्ने हो भने उनले यसअघि फिल्म ‘लफडा र जालो’ मा अभिनय गरेका थिए । तर, यी फिल्मले उनको करिअरलाई उचाई दिलाउन सकेनन् । गएको वर्ष उनले निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको थियो । तीन वर्ष अगाडि उनी फिल्म ‘प्रेमालय’ मा पनि अनुबन्ध भएका थिए । पछि उनले यो फिल्मबाट हात झिकेका थिए ।
 

विहीबार, २५ मंसिर २०७७, १४ : ४२

प्रतिक्रिया