नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा ब्यस्त रहेका छन। भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी अहिले अर्का भोजपुरी फिल्म ‘माही’ निर्देशन गर्न भएका छन ।
उनको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी फिल्ममा नेपाली अभिनेत्री नीता ढुंगानाले अभिनय गर्ने भएकी छन् । पहिला मुख्य अभिनेत्रीको रुपमा निर्माण टिमले काजल राघवानीसँग सम्झौता गरेको थियो तर उनको विशेष कारणले फिल्म गर्न नसक्ने भएपछि निर्देशक पन्तले नीतालाई अनुबन्ध गरेका हुन् । नीताले यसअघि पनि केही भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।
कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्दैछन् भने आद्या गुप्ता र ज्योति दिनेश पाण्डे सह(निर्माताको रुपमा रहनेछन् । फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा छायांकन हुने फिल्मको कथा निर्देशक पन्तले स्वंयमले तयार पारेका हुन् ।
प्रतिक्रिया