अभिनेता प्रभाषको चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक हुन । अभिनेता प्रभाषमाथि निर्माताहरु लगानी गर्न उत्साहित रहेका छन ।
उनी ‘केजीएफ’ जस्तो बक्स अफिसमा ब्लकबस्टर चलचित्रको निर्माण कम्पनी हम्बेल फिल्मस्को ब्यानरमा ‘सलार’ नामक चलचित्रमा काम गर्दैछन् । प्रभाष लगातार ४ वटा बीग बजेटका चलचित्रमा काम गर्दैछन् ।
हाल प्रभाष चलचित्र ‘राधे श्याम’ र ‘आधीपुरुष’मा काम गरिरहेका छन ।
यस्तेै नायक अमिताभ बच्चन र नायिका दीपिका पादुकोणसँग नायक प्रभाषको नयाँ चलचित्र घोषणा भैसकेको छ । ४ वटा विग बजेटका चलचित्रमा प्रभाषमाथि ७ सय करोडको लगानी हुने भारतीय मिडियाले उल्लेख गरेका छन ।
प्रतिक्रिया