२०२० मा सबैभन्दा बढी कमाई गर्न टप ५ सेलिब्रेटी

शुक्रबार, ०३ पुस २०७७, ०९ : ३५

विश्वका लागि २०२० निकै सकसपूर्ण रह्यो । कोरोना भाइरसको महामारीका कारण सम्पुर्ण क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव परेकको थियो ।  यो वर्ष आम मानिस र ठूलाठूला सेलिब्रेटीले समेत मुश्किलको सामना गर्नुपर्‍यो । तर, केही सेलिब्रेटीका लागि यो वर्ष पनि फलिफाप बन्यो । फोर्ब्स म्यागजिनले यस वर्ष सबैभन्दा बढी कमाई गर्ने विश्वभरका सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा पहिलो नम्बरमा अमेरिकन टिभी स्टार टायकून काइली जेनर छिन् ।
 
फोर्ब्सले काइलीलाई २०२० मा सबैभन्दा कमाई गर्ने सेलिब्रेटी भनेको छ । २३ वर्षिय उनले यो वर्ष ५ सय ९० मिलियन डलरको कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ । दोस्रो नम्बरमा किम कार्दशियनका पति तथा र्‍यापर कान्ये वेस्टको नाम सामेल छ । उनले यो वर्ष १ सय ७० मिलियन डलरको कमाई गरेका छन् । तेस्रो नम्बर भने टेनिस प्लेयर रोजर फेडररले कब्जा गरेका छन् । उनले यो वर्ष १ सय ६ दशमलव ३  मिलियन डलरको कमाई गरेका छन्  
 
त्यस्तै, २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको चौथो नम्बरमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो र पाँचौ नम्बरमा अर्जेन्टिनाका फुटबलर लियोनेल मेसी छन् । यो लिस्टको टप टेनमा अभिनेता ड्वेन जोनसन, ब्राजिलका फुटबलर नेमार, अभिनेता टेलर पेरी र टिभी स्टार हावर्ड स्टेन पनि सामेल छन् । यो लिस्टको ५२औं नम्बरमा बलिउड अभिनेता अक्षय कुमार परेका छन् । 
 

शुक्रबार, ०३ पुस २०७७, ०९ : ३५

प्रतिक्रिया