नेपाल चलचित्र कलाकार संघको भवन निर्माण हुने

मंगलबार, ०७ पुस २०७७, १० : ४३

काठमाडौं- नेपाल चलचित्र कलाकार संघको कार्यालयका लागि भवन निर्माण हुने भएको छ । विगत दुई दशकदेखि बनाएको यो योजनाले बल्ल सार्थकता पाउने लागेको हो । 

३३ वर्षअघि स्थापना भएको संघको निर्वाचनमा विगतमा हरेक अध्यक्षले संघको कार्यालयका लागि भवन निर्माण गर्ने योजना सुनाउने गरेका थिए । सो योजनालाई यतिबेला संघका अध्यक्ष रवीन्द्र खड्काले पूरा गर्न लागेका हुन् ।

नेपाल सरकारले २०७७/७८ को आर्थिक वर्षको बजेटमा कलाकार संघको भवन निर्माणलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । सो घोषणपछि यतिबेला संघका पदाधिकारीहरू भवन निर्माणमा सक्रिय भएका छन् ।

चन्द्रागिरी नगरपालिका वडा–१२ पुरानो नैकाप थानेटारमा जग्गा खोजेर भवनको प्रारम्भिक कार्य थालनी गर्दै  संघले आफ्नै भवन निर्माण गर्न लागेको हो । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिका–१२ पुरानो नैकाप थानेटारमा संघको भवन शिलान्यास गरेका छन् । 

नेपाल चलचित्र कलाकार संघले भवन निर्माण गर्ने भनेपछि संघबाट स्थापना गरिएको भवन निर्माण कोषमा लामो समयदेखि आर्थिक सहयोग जुट्दै आएका छ । सो सहयोगबाट संघको जग्गा अझ नेपाल सरकारले पनि सो कोषमा आर्थिक सहयोग गरेपछि आफूूहरूले भवन निर्माणको कार्य अघि बढाएको संघका पदाधिकारीहरूले बताएका छन् ।
 

मंगलबार, ०७ पुस २०७७, १० : ४३

प्रतिक्रिया