शुकबारबाट  सिनेमा हल खुल्दै,चार चलचित्र प्रदर्शनमा आउने

विहीबार, ०९ पुस २०७७, १४ : ०७

काठमाडौं, शुक्रबारबाट चलचित्र संघले   सिनेमा हल खोल्ने निर्णय गरेको थियो । चलचित्र व्यवसायीहरूले भोलि  बाट सिनेमा हल खोल्दैछन्।

कोरोना कहरसंगै  गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्वःघोषणा गर्दै हल खोल्न लागेका हुन्। भोली शुक्रबारदेखि ४ वटा फिल्म रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् ।

 हलमा लकडाउन अघि प्रदर्शनमा आएका फिल्म  ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने जानकारी दिए। चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने फिल्मलाई अनलाइन बुकिङमा राखेका छन् । यी दुवै फिल्मका लागि हलहरूले टिकट बुकिङ पनि खोलिसकेका छन्।

स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्र हल खोलिने अध्यक्ष प्रधानको भनाई छ। देशभरका हल व्यवसायीहरू भोलिबाट हल खोल्न उत्साहित भएको उनी बताउँछन्।

यस्तै, अंग्रेजी फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी फिल्म कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छ ।

सिनेमाको छायांकन भने सुचारु गर्न सकारात्मक भएको सरकारले हल भने केही दिन अझै पर्खेर मात्र खोल्न आग्रह गर्दै आएको छ। तर, व्यवसायीहरू आफैं हल खोल्न अग्रसर भएका हुन्।  तत्काल नै हल खोल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले तत्काल हल सञ्चालनको अनुमति दिन मानेको छैन।

 

 

विहीबार, ०९ पुस २०७७, १४ : ०७

प्रतिक्रिया