५ महिनामा ५ खर्बको सामान आयात, निर्यात कत्ति ?

विहीबार, ०९ पुस २०७७, १४ : ४८

काठमाडौं- चालु आर्थिक बर्षको पहिलो ५ महिनामा विभिन्न देशहरुबाट ५ खर्ब बढिको सामान आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको आयात निर्यातको तथ्याङकले यस्तो देखाएको हो।

तथ्याङका अनुसार समिक्षा अवधिमा अघिल्लो बर्षको तुलनामा यो बर्षको आयात ९.५९ प्रतिशतले घेटेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ८१ अर्ब २५ कारोड ७१ लाख १९ रुपैयाको सामान आयात भएको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा रु ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ८२ रुपैयाँको सामान आयात भएको छ । 

तथ्याङक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु ५० अर्ब ५५ करोड ६ लाख ८ रुपैया बराबरको सामान नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ । यो अघिल्लो बर्षको यसै अवधिको तुलना अनुसार ५.१२ प्रतिशतले निर्यात बढेको हो । 

अघिल्लो बर्षको यहि अवधिमा ४७ अर्ब ६१ करोड ६८ लाख ३५ रुपैयाँको सामान निर्यात भएको थियो ।   
 

विहीबार, ०९ पुस २०७७, १४ : ४८

प्रतिक्रिया