४ फर्मविरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर

शुक्रबार, १० पुस २०७७, १० : २७

काठमाडौं- राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा ४ फर्मविरुद्ध करिब २० करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

ती ४ कम्पनीहरुले उच्च खरिद देखाएर मूल्य अभिवृद्धि कर छली गरेको र कम आम्दानी देखाएर आयकरसमेत छली गरेको आरोप लगाइएको छ ।

विभागले सानेपास्थित कविला सप्लायर्स सेन्टर, शिवम् प्याकेजिङ सप्लायर्स र गौतम सप्लायर्सविरुद्ध १९ करोढ ९६ लाखको मुद्दा दायर गरेको हो ।

त्यसमध्ये कविला सप्लायर्सका प्रोपाइटर नवलकिशोर चौधरीलाई २ करोड १४ लाख, शिवम् प्याकेजिङका सञ्चालक सीतादेवी जैसवालविरुद्ध ५ करोड ८८ लाख तथा गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसद चौधरीविरुद्ध १३ करोड १२ लाखको मुद्दा दायर गरिएको छ ।

त्यस्तै, अनुष्का मल्टिप्रोपोज कम्पनीका शिवलाल तिमिल्सिनाविरुद्ध १ करोड ८२ लाख विगो कायम गरी मुद्दा चलाइएको छ ।

शुक्रबार, १० पुस २०७७, १० : २७

प्रतिक्रिया