काठमाडौं- कोरोनाको कारण लामो समयदेखि बन्द भएको फिल्म हल शुक्रबारबाट खुल्ने भएको छ । हल खुल्ने भए पछि अभिनेता प्रदीप खड्काले खुसी व्यक्त गरेका छन् ।
खुसीसँगै उनले चिन्ता पनि जनाएका छन् । अहिलेको अवस्थामा सिनेमा हल खोलेर मात्र दर्शक हलमा नआउँने बताएका छन् । त्यसका लागि नयाँ फिल्महरु प्रदर्शनमा ल्याउँनु पर्ने उनको आसय रहेको छ । अहिले हल सञ्चालकहरूले आफ्नो तर्फबाट हल खोल्दै छन् ।
अहिले पुरानो फिल्महरु नै प्रदर्शनमा आउँदैछन् । त्यसैले सिनेमा हलमा पुराना फिल्म प्रदर्शन गरेर दर्शक हलमा नआउने अभिनेता प्रदिपले बताएका छन् ।
प्रदिपको नयाँ फिल्म ‘प्रेमगीत–३’ प्रदर्शनको तयारीमा छ । आफ्नो फिल्म गत वर्ष चैतमा रिलिज हुनुपर्नेमा त्यसबेला कोरोना संक्रमणका कारण रिलिज हुन नसकेको बताएका छन् ।
अभिनेता प्रदीपले अहिलेको अवस्थामा निर्मातासँग नयाँ चलचित्र किनेर मात्र हल खोल्नका लागि सञ्चालकलाई उनले सल्लाह दिएका छन् ।
काठमाडौंमा कोरोनाको महामारी जारी रहेको बेला दर्शकहरू पुराना सिनेमा हेर्न हलमा आउँदैनन् भन्ने कुरा हल सञ्चालकहरूले बुझ्नुपर्ने यी अभिनेताको कथन छ ।
गत चैतका अन्तिममा आउने भनिएको ‘प्रेमगीत–३’ सोही मितिमा आगामी चैतमा आउने सक्ने सम्भावना रहेको पनि उनले बताएका छन् ।
प्रतिक्रिया