फिल्म युनिटका ८ जनामा कोरोना पोजेटिभ देखिएपछि फिल्म ‘अन्नथे’को रोक्यिो छायांकन

शुक्रबार, १० पुस २०७७, ११ : ५८

काठमाडौ,फिल्म युनिटका ८ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फिल्म ‘अन्नथे’को छायांकन रोकिएको छ ।

भारतिय मिडियाका अनुसार फिल्मको सुटिङ हैदराबादमा चलिरहेको थियो । छायांकनका क्रममा फिल्म युनिटका सदस्यको कोरोना टेष्ट गर्ने क्रममा ८ जनामा पोजेटिभ देखिएको हो। 

बलिउड सुपरस्टार रजनीकान्त केहि दिन अघिमात्र सुटिङका लागि सेन्नईबाट हैदरबाद पुगेका थिए। उनको पनि कोरोना टेष्ट गरिएको थियो।

उनको भने कोरोना नेगेटिभ आएको छ। फिल्मको छायांकन यहि २९ डिसेम्बरसम्ममा पुरा गर्ने लक्ष्य राखिएको थियो। तर कोरोनाका कारण निर्धारित समयमा फिल्म पुरा नहुने भएको छ । फिल्म ‘अन्नथे’मा रजनीकान्तको अलवा प्रकाशराज, ज्याकी श्राफको समेत मुख्य भुमिका रहनेछ । फिल्म नयाँ बर्ष २०२१मा रिलिज गरिने बताइएको छ।

शुक्रबार, १० पुस २०७७, ११ : ५८

प्रतिक्रिया