माछा उत्पादनमा वृद्धि

शुक्रबार, १० पुस २०७७, १३ : ५१

बेलका नगरपालिकाको तपेश्वरी र चौदण्डी नगरपालिकाको हँडियाबाट व्यावसायिक रुपमा माछापालन वृद्धि   भएको छ ।  कृषिज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १५० क्विन्टल  माछा उत्पादन हुन थालेको छ । दुई वर्षअघिसम्म जिल्लामा ९० क्विन्टलसम्म हुने गर्दथ्यो । केन्द्रका प्रमुख प्रकाश विश्वकर्माले जिल्लामा ४५ हेक्टर क्षेत्रफलमा माछापालन व्यवसाय विस्तार भएको जानकारी दिए  ।  

केन्द्रले माछापालक कृषकको लागि जिल्लामा तालीम, आर्थिक सहयोग, ऋण, प्राविधिक सहयोग गर्दै आएको छ । हिउँदको सुक्खा याममा माछापालक कृषकको लागि पोखरीमा पानीको अभावमा माछा बचाउनको सहयोगको लागि अक्सिजन उत्पादन गर्ने एरियटर मेशिनसमेत व्यवस्थापन गरिदिएपछि वर्षेनी माछापालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाइएको छ । जिल्लामा माछा उत्पादनमा वृद्धि भए पनि अझै आत्मनिर्भर भने बन्न सकेको छैन ।

शुक्रबार, १० पुस २०७७, १३ : ५१

प्रतिक्रिया