काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले सरकारको अनुमति नभएको भन्दै लबिम मलमा रहेको क्युएफएक्समा सिनेमा नचलाउन निर्देशन दिएको छ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सरकारले अनुमति नदिएका क्षेत्र खुला गर्न नमिल्ने र सिनेमा हलमा भौतिक दुरी कायम राख्न नसकिने भएकाले बन्द गर्न निर्देशन दिएइएको बताएका छन् ।
यता हल संचालकहरुले भने सबैखालका गतिविधिहरु निर्वाध चलिरहेको देखाउँदै सिनेमाघर खुला गरेका थिए।
राजनीतिक दलहरुको भिडभाडयुक्त कार्यक्रममाथि कुनै पावन्दी नहुँदा दुरी कायम राखेर ५० प्रतिशतमात्र दर्शक लिनेगरी हल खुला गर्ने निर्णय नेपाल चलचित्र संघले गरेको थियो।
त्यसैलाई आधार मानेर काठमाडौं उपत्यका भित्रका मल्टिप्लेक्सहरु आज खुलेका थिए। यता, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने फिल्म हल संचालकहरुलाई छलफलका लागि डाकेको छ।
स्कुल, कलेज, यातायात, उद्योग तथा कलकारखाना, रात्रि क्लब तथा रेस्टुराँहरु सबै खुला भइसकेको भए पनि सिनेमाघर भने खुल्न सकेको थिएन। त्यसैले संघले सरोकारवाला संघरसंगठनसँगको छलफलपछि फिल्म हल संचालन गरेर विरोध जनाउने निर्णय गरेको थियो।
प्रतिक्रिया