नाका प्रभावकारी नहुँदा व्यवसायीले दुःख पाएकामा चेम्बर अफ कमर्सको गंभिर चिन्ता

शनिबार, ११ पुस २०७७, १० : २४

काठमाडौं- चीन तर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले गंभिर चिन्ता व्यक्त गरेको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको गुनासो गरे । 

करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्धा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्धा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे । 

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जानकारी दिएको छ । 
 

शनिबार, ११ पुस २०७७, १० : २४

प्रतिक्रिया