सञ्चालनमा आयो ३ करोडको लगानिमा बिग बार एण्ड ग्रिल रेस्टुरेन्ट

शनिबार, ११ पुस २०७७, १७ : ३३

सुनसरी- इटहरीको विराटनगर लाइनमा करीब ३ करोडको लगानिमा बिग बार एण्ड ग्रिल रेस्टुरेन्ट सञ्चालनमा आएको छ । बुधवार औपचारीक रुपमा होटलको उद्घाटन गरिएको हो । 

सुरेन्द्र तामाङ, र किरणकुमार बुढाथोकीको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको बताइएको छ । मुख्य राजमार्ग सँगै रहेको रेस्टुरेन्टमा नेपाली सहित विदेशी ब्राण्डका पेय पदार्थहरू राखिएका छन् । 

रेस्टुरेन्टको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले पछिल्लो समय पर्यटन वर्षलाइ लक्षित गर्दै इटहरीमा सुविधा सम्पन्न होटलहरू खुलिरहेको र यसले आन्तरीक पर्यटकहरू पनि तान्ने प्रयासहरू भइरहेको बताए । 

शनिबार, ११ पुस २०७७, १७ : ३३

प्रतिक्रिया