काठमाडौं- एक अध्ययनले गरेको दाबी अनुसार चीन सन् २०२८ भित्र अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्दै छ ।
यसअघि नयाँ अध्ययनले भविष्यवाणी गरेको भन्दा पाँच वर्ष पहिला नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्चले उल्लेख गरेको थियो।
अध्ययनका अनुसार सापेक्षित रुपमा चीनले कोभिड-१९ को राम्रो व्यवस्थापन गरेका कारण उसको अर्थतन्त्र युरोपियत र अमेरिकाभन्दा तीव्र गतिमा विकास हुनेछ ।
सन् २०३० भित्र भारत विश्वको तेस्रो अर्गतन्त्र बन्ने समेत सो अध्ययनले उल्लेख गरेको छ । उक्त रिपोर्ट हिजो सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया