काठमाडौं, नेपालबाट चालु आर्थिक वर्ष (आ.व) को पाँच महिनामा ९३ करोड भन्दा बढीको भटमासको तेल निर्यात भएको छ ।
नेपालबाट ५० अर्बको निर्यात हुँदा १३ अर्ब ५० करोड ६३ लाख रुपैयाँबराबरको ९३ करोड ५५ लाख ९७ केजी भटमासको तेल निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार देखाउँदछ ।
गत आ.व. को सोही अवधिमा नेपालले ३ अर्ब ११ करोड ६३ लाख बराबरको २ करोड ४४ लाख ७५ हजार केजी भटमासको तेल निर्यात गरेको थियो ।
आयातमा सामान्य कमी भए पनि निर्यात भने बढ्दै गएको छ । व्यसायीहरूले तेस्रो मुलुकबाट भटमास (कच्चा पदार्थ) आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् ।
दोस्रो नम्बरमा सबैभन्दा धेरै अलैंची निकासा भएको छ । यो वर्ष भारतमा अलैचीको उत्पादन कम भएका कारण बजारमा बढ्दो माग भएकाले भारततर्फ अलैंचीको निकासी बढी भएको व्यवसायीहरूको भनाइ छ । पाँच महिनाको अवधिमा मुलुकबाट ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३७ लाख ९० हजार केजी अलैंची निर्यात भएको छ ।
प्रतिक्रिया