काठमाडौं- कोरोना भाइरसको प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण फागुन अन्तिम साता आयोजना हुने भएको छ ।
आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएको हो ।
नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम १० माघलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल ९गीता० द्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
कोरोनालाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।
गत वर्षको चैत्र २२ लाई टुँडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया