अब  विराटनगर पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

शुक्रबार, २४ पुस २०७७, ०८ : ५०

सरकारले विराटनगर विमानस्थललाई पनि  क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले अहिले ११९.९५ बिघा क्षेत्रफलमा रहेको विमानस्थललाई २४६.४१ विगा क्षेत्रफलमा विस्तार गरी आवस्यक यन्त्र उपकरण समेत थपेर क्षेत्रीय अन्तराष्ट्रिय मापदण्डको बनाउन लागेको हो । 

हाल एक हजार ५०० मिटरको रन–वे लाई विस्तार गरी ३ हजार मिटर पु¥याउने, ह्यांगर, ट्याक्सी वे, भवन, टावर लगायतका संरचनाका लागि जग्गा अधिग्रहण गर्नुपर्ने भएकोले थप १२६.४६ बिघा क्षेत्रफल जग्गा अधिग्रहण गर्न सरकारले प्राधिकरणलाई  जिम्मेवारी द्एिको छ ।

प्राधिकरणले जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया बढाउन विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेललाई प्रारम्भिक अधिकारीको जिम्मेवारी तोकेको थियो । विमानस्थल विस्तारका लागि मोरङ र सुनसरी जिल्लाको जमिन अधिग्रहण गर्नुपर्ने देखिएकाले त्यही अनुरूप गत पुस ७ गतेदेखि सर्भे टोली परिचालन गरेर आवश्यक पर्ने जग्गाको स्थलतगत सीमांकन  ‘बेन्च मार्क’  सुरु गरिसकेको विमानस्थल प्रमुख खरेलले बताए । 

‘हामीले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, स्थानीय तह र प्रहरी प्रशासन समेतको बैठक सम्पन्न गरेर दुई जिल्लामा पर्ने जमिनको ‘बाउन्ड्री फिक्स’ ९बेन्च मार्क० गर्ने निर्णय गरेका थियौँ, प्रमुख खरेलले भने, ‘अहिले स्थलगत सर्भे टोलीले त्यो काम गरिरहेको छ ।’

सर्भे टोलीले जग्गाको बेन्च मार्क गर्ने काम ८० प्रतिशत सकेको प्रमुख खरेलले जानकारी दिए । विराटनगर विमानस्थलको अन्तिम बिन्दुबाट ८०० मिटर दूरीमा केसलिया खोला छ । हाल खोला वारि मोरङ जिल्लामा विमानस्थल छ भने खोला पारि सुनसरीको बर्जु गाउँपालिका पर्दछ ।

केसलिया खोलाबाट सुनसरीतर्फ पनि ८०० मिटर पश्चिमको जग्गा अधिग्रहण गर्नुपर्ने भएकोले दुई जिल्लाकै सरोकारवाला निकायसँग परामर्श गर्नुपर्छ । त्यसका लागि  प्रमुख जिल्ला अधिकारीको अध्यक्ष रहने गरी मालपोत तथा नापी कार्यालयका प्रमुख, स्थानीय तहका प्रतिनिधि र सदस्य सचिव विमानस्थल प्रमुख रहेको समितिले  जग्गा अधिग्रहणसम्मको लागि सहजीकरण गर्ने काम सुरु गरिसकेको छ । 

विमानस्थलको विस्तार गर्न धावनमार्ग  ३००० हजार मिटर, भीओआर–डीएमीई (भेरी हाई फ्रिक्वेन्सी ओमिनी डाइरेक्सनल रेडियो रेन्ज अर्थात् डिस्टेन्न मेजरिङ इक्युपमेन्ट) टावर स्थापना गर्ने क्षेत्रसमेत आवश्यक पर्नेछ । 

भीओआर–डीएमी टावर राख्ने स्थान र धावनमार्गका लागि विराटनगर चक्रपथ डाइभर्सन गर्नुपर्ने जग्गासमेत अधिग्रहण गरिने गरी बेन्चमार्क गरिएको छ । 

शुक्रबार, २४ पुस २०७७, ०८ : ५०

प्रतिक्रिया