अप्टिकल फाइबरको शूल्कमा दोब्बर वृद्धि, इन्टरनेटको मूल्य पनि बढ्ने

३ बर्ष अगाडि

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको मूल्य दुई गुणाले बढाएको छ ।  प्राधिकरणले यसअघि फाइबरमा लिदै आएको शूल्क वृद्धि गरेर दुई गुणाले बढाएको हो ।

यो सँगै अब इन्टरनेटको मुल्य बढ्ने भएको छ । प्राधिकरणले ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडिट फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर बाहेक ३२ हजार लाग्ने निर्णय गरेको छ । 

यसअघि इन्टरनेट सेवा प्रदायकले यसका लागि १६ हजार ४ सय रुपैयाँ तिर्दै आएका थिए । मङ्गलबार नै प्राधिकरणले पत्र लेख्दै इन्टरनेट सेवाप्रदायकहरुलाई शुल्क वृद्धिको जानकारी गराएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया