सामसङले सार्वजनिक गर्यो 'सामसङ ग्यालेक्सी एस २१ सिरिज', मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- सामसङले नयाँ फ्ल्यागशिप स्मार्टफोन सामसङ ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी एस २१, सामसङ ग्यालेक्सी एस २१ प्लस र सामसङ ग्यालेक्सी एस २ अल्ट्राका बजारमा ल्याएको हो ।

सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिजमा सामसङ ग्यालेक्सी एस २१ को मूल्य ७९९ डलर अर्थात ९३ हजार १४० रुपैयाँ राखेको छ । त्यस्तै सामसङ ग्यालेक्सी एस २१ प्लसको मूल्य ९९९ डलर अर्थात एक लाख १६ हजार ४५३ रुपैयाँ राखेको छ । यी दुवै स्मार्टफोनको बिक्री २९ जनवरीदेखि सुरु हुनेछ ।

सामसङ ग्यालेक्सी एस २१ को फोनमा सामसङले अक्टाकोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखेको छ । यो फोन चार वटा कलर अप्सनमा बजारमा आउनेछ । सामसङ ग्यालेक्सी एस २१ को पछाडि भागमा तीन वटा क्यामेरा राखिएका छन् ।

जसमा प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको रहेको छ । यसको साथमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र १२ मेगापिक्सेलकै डुअल पिक्सेल सेन्सर दिइएको छ ।

यो फोनमा सेल्फीका लागि १० मेगापिक्सेलको क्यामेरा छ । सामसङ ग्यालेक्सी एस २१ स्मार्टफोन ८ जीबी तथा १२ जीबी र्‍याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज अप्सनका साथ सार्वजनिक भएको छ ।

सामसङ ग्यालेक्सी एस २१ प्लसलाई कम्पनीले एक्साइनस २१०० एसओसी प्रोसेसरका साथ सार्वजनिक गरेको हो । सामसङको यो फोनमा समेत पछाडि भागमा ३ वटा क्यामेरा राखिएका छन् । जसमा प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको रहेको छ ।

साथै १२ मेगापिक्सेलको डुअल पिक्ससेल सेन्सर र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड लेन्स दिइएको छ । सामसङ ग्यालेक्सी एस २१ प्लसमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

कम्पनीले यो फोनलाई ८ जीबी र १२ जीबी र्‍याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज भेरियन्टका साथ बजारमा ल्याएको छ । 

साथै सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको मूल्य भने ११९९ डलर अर्थात एक लाख ३९ हजार ७६७ रुपैयाँ उल्लेख छ । सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ६।८ इन्चको एमोलेड क्वाड एचडी प्लस डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १४४० बाई ३२०० पिक्सेल रहेको छ ।

यो फोनको कम्पनीले १२ जीबी र्‍याम तथा १६ जीबी र्‍याम अप्सनका साथ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज अप्सनका साथ बजारमा ल्याएको छ ।

यसको क्यामेरा पछाडि भागमा ४ वटा क्यामेरा राखिएको छ । जसमा प्राइमरी क्यामेरा १०८ मेगापिक्सेलको छ । साथै १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, १० मेगापिक्सेलको डेप्थ सेन्सर र १० मेगापिक्सेलकै म्याक्रो लेन्स दिइएको छ । यसमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया