प्रभु लाइफ इन्सुरेन्सको सेयर किन्न ३८४९ जना लाइनमा, १० लाख ७० हजार कित्ता अर्डर आउँदा बिक्री गर्ने कोही भएनन्

३ बर्ष अगाडि

पूँजी बजारमा आइतबार प्रभु लाइफ इन्सुरेन्सको ११ लाख कित्ताभन्दा धेरै सेयर माग रहेपनि बिक्रीकर्ता देखिएका छैनन् । आइतबार दिउँसो २ बजे सम्म ३ हजार ८ सय ५९ जनाले प्रभुुको सेयर खरिदका लागि प्रतिक्षामा रहेपनि बिक्रीकर्ता भने नदेखिएका हुन् । 

आइतबार प्रतिकित्ता रु २९८ पुगेको प्रभुको सेयर खरिद गर्न चाहनेहरुले भने प्रतिकित्ता २९४ देखि २९९ सम्म सेयर खरिदका लागि माग गरेर प्रतिक्षामा बसेका छन् ।  प्रतिकित्ता २९८ मा खरिद गर्न चाहने ३ हजार ६२ जनाले ६ लाख ८२ हजार ६०४ कित्ता, प्रतिकित्ता रु २९७ मा ६४ जनाले ७ हजार ७ सय १० कित्ता, रु २९६ मा ६९६ जनाले १ लाख ५१ हजार ७ सय ८० कित्ता, २९५ मा ५८ जनाले ५ हजार २९८ कित्ता र ३५ जनाले २५४९ कित्ता खरिदका लागि प्रतिक्षामा बसेका छन् । 
 
यद्यपी, सो अबधिमा आज १६ जनाले १६० कित्ता सेयर कारोबार गरेका छन् । ब्रोकर नं। ३४, ४८, ४९ र ५५बाट ४७ हजार ८० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

नेप्सेले प्रभु लाइफको शेयर कारोबार लागि पहिलो ओपनिङ रेन्ज अधिक्तम ३२८।६८ रुपैयाँ तोकेपनि नियमित शेयर कारोबार सुरु भएको दुई हप्तापछि सम्म सो मूल्य भेट्याउन सकेको छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया