काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.२६ अंकले बढेको छ ।
यससँगै सेसन अवधिमा सूचक २७०८.२३ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ३५ हजार २७४ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया