दर्जन भन्दा बढी बस्तुको निर्यातमा गिरावट, कुनको निर्यात कति घट्यो ?

बुधबार, ०७ माघ २०७७, १४ : १७

काठमाडौं – पछिल्लो समय नेपालदेखि हुने कुल निर्यात बढ्दो क्रममा नै छ । तर, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १४ भन्दा बढी बस्तुको निर्यात घटेको छ । ब्यापार तथा निकासी पवद्र्धन केन्द्रको मंसिरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्कअनुसार समीक्षा अवधीमा पाम आयाल, कपासको झोला, मसुर, रोजिन, कपास, कपडा, कार्पेट लगायतका सामग्रीको निर्यात घटेको छ । 

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा पाम तेल शतप्रतिशत भन्दा बढीले घटेको छ । गत आवको समीक्षा अवधिमा ५ करोड २० लाख २८६ रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो । तर, यो बर्ष ४ लाख ४३ हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ । 

त्यस्तै कपासको झोला निर्यात ७४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १४ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको कपासको झोला निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ९५ लाख ३८ हजार रुपैयाँ बराबरको झोला निर्यात भएको थियो ।
  
चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा १८ करोड ५३ लाख २८ हजार रुपैयाँ बराबरको मसुर निर्यात भएका छ । गत वर्षको सोही अवधिमा ७३ करोड १५ लाख ८९ हजार बराबरको मसुर निर्यात भएको थियो । त्यो अनुसार मसुर निर्यातमा ३७ प्रति घटेको छ ।
 
त्यस्तै लेख निर्यात ३२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा २४ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको लेख निर्यात भएको छ । गत वर्षको यही अवधिमा ३९ करोड ६० लाख ६९ हजार रुपैयाँ बराबरको लेख निर्यात भएको थियो ।
 
विभिन्न मेसिनरी सामानमा प्रयोग गरिने तेलको निर्यात १४ प्रतिशतले घटेको छ । मंसिर महिनामा सम्ममा ३९ करोड ६६ लाख ९६ हजार रुपैयाँ बराबरको तेल निर्यात भएको छ भने गत वर्षको यही अवधिमा ४५ करोड ६४ लाख ७३ हजार बराबरको तेल निर्यात भएको थियो ।

साथै रोजिन निर्यातमा पनि १३ प्रतिशतले घटेको छ । चालु आवको समीक्षा अवधिमा ३० करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको रोजिन निर्यात भएको छ । गत वर्षको समीक्षा अवधिमा ३४ करोड ९७ लाख ५२ हजार बराबरको रोजिन निर्यात भएको थियो । 

हस्तकलाका सामग्री निर्यातमा ३२.७९ प्रतिशतले घटेको छ । चालु आवको पाँच महिनामा २६ करोड ७ लाख २१ हजार रुपैयाँ बराबरको हस्तकलाका सामग्री निर्यात भएको छ । गत वर्षको यही अवधिमा ३८ करोड ७९ लाख २८ हजार रुपैयाँ बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । 

त्यस्तै कपासको निर्यात ११ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधीमा ३ अर्ब ६२ करोड ६५ लाख ९८ हजार रुपैयाँको उक्त बस्तु निर्यात भएको थियो । तर, यो वर्ष ३ अर्ब २० करोड ८५ लाख रुपैयाँ कपास निर्यात भएको छ । 

रेडिमेट सामानको पनि निर्यात १० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा २ अर्ब ६ करोड ७४ लाख ५ सय ५ रुपैयाँ बराबरको रेडिमेट समान निर्यात भएको छ । गत वर्षको यही अवधिमा २ अर्ब ९ करोड ८६ लाख ८६७ रुपैयाँ बराबरको निर्यात भएको थियो । 

उनी कपडाको निर्यातमा ८ प्रतिशत घटेको छ । चालु आवको पाँच महिनामा १ अर्ब २९ करोड ३८ लाख १ हजार रुपैयाँ बराबरको समान निर्यात भएको छ । गत वर्षको यही अवधिमा १ अर्ब ४० करोड ९६ लाख ८६ हजार रुपैयाँ बराबरको उनीको कपडा निर्यात भएको थियो । 

चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ५ करोड १९ लाख ५ सय ३३ रुपैयाँ बराबरको तरल पदार्थ निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब ५ करोड ६८ लाख ४ सय ७२ रुपैयाँ बराबरको तरल पदार्थ निर्यात भएको थियो । तरल पदार्थ निर्यातमा ३ प्रतिशतले घटेको छ । 

त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको अन्य सामानहरू निर्यात भएको छ । गत वर्षको यही अवधिमा ११ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । गत वर्षको तुलनामा अन्य सामान निर्यात २७ प्रतिशतले घटेको हो । 

साथै उनी कार्पेटमा गत वर्षको पाँच महिनाको तुलनामा यो वर्ष ३ प्रतिशतले घटेको ब्यापार तथा निकासी पवद्र्धन केन्द्रले जनाएको छ । 

बुधबार, ०७ माघ २०७७, १४ : १७

प्रतिक्रिया