अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली

बुधबार, ०७ माघ २०७७, १७ : ०२

काठमाडौं - आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु हुने भएको छ । अर्थ मन्त्रालयमा बुधवार आयोजित भएको कार्यक्रममा आगामी सातादेखि उक्त प्रणाली सुरु हुने भन्सार विभागले जानकारी दिएको हो 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा यस प्रणाली सुरु गरिने छ । तीन ओटा विभागबाट शुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिनेछ जसमा सरकारी र निजी क्षेत्र रहनेछन् । 

विभागका अनुसार एकद्वार प्रणाली शुरु भएपछि तीन ओटै विभाग र अन्तर्गतका कार्यालयहरूमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरूमा पुगी राख्नु पर्ने छैन भने पनि पेपरवर्कको पनि अन्त्य हुने छ ।

बुधबार, ०७ माघ २०७७, १७ : ०२

प्रतिक्रिया